भारतकाे ‘पीएम केयर्स फन्ड’ मा ५० हजार डलर दिने अस्ट्रेलियाली क्रिकेटर कमिन्सकाे घाेषणा

बैशाख १३, २०७८ सोमबार 

काठमाण्डाै – अस्ट्रेलियाली क्रिकेटर प्याट कमिन्सले भारतमा कोरोना भाइरस सङ्क्रमणको स्थितिलाई मध्यनजर गर्दै पीएम केयर्स फन्डमा ५० हजार अमेरिकी डलर दिने घोषणा गरेका छन् ।

प्याट कमिन्स अहिले भारतमा छन् र इण्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका छन् । आईपीएलमा उनी कोलकाता नाइट राइडर्सको तर्फबाट खेल्छन् । प्याट कमिन्सले एब विज्ञप्ति ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् । 

विशेषगरी अक्सिजन सिलेण्डर खरिद गर्नका लागि यो रकम सहयोग गरेको प्याट कमिन्सले बताएका छन् । भारतमा ठूलो सङ्ख्यामा मानिस प्रभावित भएको देखेर आफूलाई दुःख लागेको उनले लेखेका छन् । साथै कमिन्सले आईपीएलका आफ्ना साथी खेलाडीलाई रकम सहयोग गर्न अपिल पनि गरेका छन् ।  

प्याट कमिन्सको यो घोषणालाई मानिसहरुले स्वागत गरेका छन् तर केही मानिसले भारतीय खेलाडी कहाँ छन् भनेर सोधेका छन् । 

यद्यपि सचिन तेन्दुलकरसहित कैयौँ चर्चित हस्तीहरूले गएको वर्ष पीएम केयर्स फन्डमा आफ्नो तर्फबाट सहयोग गरेका थिए ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button