कोरोनाबाट बच्न नेपाल आएका झंकरीलाई कोरोनालेनै लग्यो

बैशाख १४, अछाम : अछामको मंगलसेन नगरपालिका वडा नम्बर २ मिस्तुरुका झंकरी विकको कोरोना भाईरसको संक्रमणबाट ज्यान गएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा एक हप्तादेखि उपचाररत झंकरीको ज्यान गएको हो । अछाम घर भइ हाल गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयामा बसोबास गर्नुहुने झंकरी २० दिन अघि भारतको पुनाबाट घर फर्केका थिए ।

करिब ८ बर्षदेखि भारतको पुनामा रोजगारीको शिलशिलामा रहनु भएका उहाँ पछिल्लो समय भारतमा तीब्र रुपमा फैलिरहेको कोरोना महामारीबाट बच्न नेपाल फर्किनु भएको थियो । कोरोनाबाट बच्न नेपाल फर्केका ३८ बर्षका झंकरीको अन्नतः कोरोना भाईरसकै कारण ज्यान गएको उहाँका आफन्त दिपक बिकले जानकारी दिनुभयो ।

गत चैत्र २२ गते आफ्नो घर पुगेका उहाँमा कोरोनाको लक्षण देखिएपछि कोरोना परिक्षण गरिएको थियो । ८ दिन अघि कोरोना पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालमा उहाँको उपचार भैरहेको थियो । ढिलो गरी अस्पताल गएको र फोक्सोमा बढी असर परिसकेको पाईएको उहाँका आफन्त दिपकको भनाई छ । मृतकका श्रीमति र ३ छोरा छन् ।

पछिल्लो समय भारतमा रहेका अछाम लगायतका नेपालीहरु कोरोनाबाट बढी प्रभावित भैरहेका र ज्यान जाने क्रम समेत बढीरहेको भारतको मुम्बईमा रहेका अछाम कमलबजार ६ का दिपक ढकालको भनाई छ ।

सोमबार मात्रै अछामको मंगलसेन नगरपालिका वडा नम्बर ३ बिउरापानी घर भइ हाल भारतको पुनामा रहेका ४५ बर्षका काले टमट्टाको पनि ज्यान गएको छ । कोराना भाईरसबाट संक्रमित भई उपचार गराईरहेका उहाँको ज्यान गएको हो ।

यस्तै यही बैशाख १२ गते जिल्लाको साँफेबगर २ जाल्पादेविका ६१ बर्षका मथुरादेवि विक तथा १० गते साँफेबगर ४ खालसैनका ६८ बर्षका रुद्रसिंह टमट्टाको भारतको मुम्बईमा कोरोनाका कारण ज्यान गएका उहाँका आफन्त हिमबहादुर बिश्वकर्माले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button