नेकपा एमाले कमलबजारकाे बिस्तारित बैठक सम्पन्न

अछाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले ) कमलबजार नगरपालिकाको बिस्तारित बैठक विभिन्न निर्ण्य गर्दै सम्पन्न भएको छ ।

बिस्तारित बैठकमा प्रमुख अतिथिको आसन बाट बोल्दै नेकपा एमाले जिल्ला कमिटी अछामका अध्यक्ष एंब राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवरले पार्टी एकताको पक्षमा गाउँ गाउँ बाट दबाब सृजना गरि कम्युनिस्ट आन्दोलन जोगाउनु पर्ने बताउनु भयो ।

बर्तमान पार्टीको नेतृत्वले कम्युनिस्ट आचरण बिपरित काम गरेकोले तत्काल सच्याउन आग्रह गर्दै अध्यक्ष कुवरले जालझेल नगरी आफुले गरेका कमजोरीलाई सुधार गर्दै अगाडि बढ्न आग्रह गर्नु भयो ।

नेकपा एमाले कमलबजार नगरपालिकाको बिस्तारित बैठकमा बोल्दै प्रदेश कमिटी सदस्य एंब संविधान सभाका सदस्य भरतबहादुर साउदले अछाम जिल्लाको चौतर्फी बिकासका लागि आफु र पार्टी निरंन्तर लागि रहेको बताउनु भयो ।

बिस्तारित बैठकमा जिल्ला कमिटी उपाध्यक्ष बलबहादुर कुवर सचीव नौराज साउद कार्यालय सचीव नमाराज न्यौपाने जिल्ला सचिवालय सदस्य कमलबजार नगरपालिका इन्चार्ज दिपक अधिकारी शारदा कुवर बिष्ट सत्यराज तिमिल्सेना लल्ते ढोली सचिवालय सदस्य एंब प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य राजेन्द्र कुवर सचिवालय सदस्य गोबिन्द ढकाल अनेरास्ववियु जिल्ला सचीव बलबहादुर भण्डारी लगाएतका बक्ताले शुभकामना दिनु भएको थियोे ।

बैठकले कमबजार नगरपालिकाको नगर कमिटीमा अध्यक्ष खेमराज जैशी उपाध्यक्ष जगन्नाथ बजगाइ सचीव लोकेन्द्र रावत उप सचीव योगेन्द्र ढकाल पदाधिकारी रहने गरि ५१ सदस्यीय गठन गरेको जिल्ला उपाध्यक्ष बलबहादुर कुवरले जानकारी दिनु भयो ।

कमलबजार नगरपालिकाको बिस्तारित बैठक खेमराज जैशीको अध्यक्षतामा संचालन लोकेन्द्र बहादुर रावत स्वागत जीवन थापाले गर्नु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button