अछाममा मंगलबार थप ४ जनामा कोरोना पुष्टि

टेकराज भण्डारी बैशाख १४, अछाम

अछाममा मंगलबार थप ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा जिल्लाका १ जना महिला र ३ जना पुरुष गरी ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति मीन बहादुर कुँवरले जानकारी दिनुभयो ।

आज संक्रमित हुनेहरुमा रामारोशन गाउँपालिका वडा नम्बर ३ का ७० बर्षका महिला, रामारोशन ५ का ३३ बर्षका पुरुष, मंगलसेन नगरपालिका ५ का २२ बर्षका पुरुष र साँफेबगर नगरपालिका ३ का २७ बर्षका पुरुष रहेका छन् । उनीहरुको सम्बन्धित पालिकाका स्वास्थ्य संस्थामा एन्टिजेन विधिबाट कोभिड–१९ को परिक्षण गरिएको सम्पर्क व्यक्ति कुँवरले बताउनु भयो ।

गत बैशाख ५ गतेदेखि दोस्रो चरणमा कोरोना भाईरसका संक्रमित देखिन थालेको अछाममा हालसम्म ४४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ६ जना महिला र ३८ जना पुरुष गरी ४४ जनामा संक्रमण पुष्टि भएको र जसमध्ये १ जना पुरुषको ज्यान गैसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हालसम्म १७ सय १४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको ज्यान गैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button