अछामका सिडियो र डिएसपीले सडकमा मास्क बाँडे

टेकराज भण्डारी, बैशाख १४, अछाम

अछाममा “तपाईको माक्स खोई” अभियान अन्तर्गत जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरिक्षकले मास्क वितरण गर्नुभएको छ ।

कोरोनाभाईरसका महामारी फैलिरहेको बेला प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल र जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी तुल्सीराम अर्यालले मंगलसेन बजार क्षेत्रमा पुगेर मास्क वितरण गर्नुभएको हो ।

बजारमा रहेका र माक्स नलगाएका सर्वसाधारणहरुलाई माक्स बितरण गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

कोरोना महामारीले भयावह रुप लिईरहेको बेला सर्बसाधारणमा चेनता प्रवाह गर्नका साथै आगामी दिनमा अनिवार्य मास्कको प्रयोग गर्न सन्देश दिने उद्देश्यले यो कार्य गरिएको कार्यालयले जनाएको छ ।

गत बैशाख ५ गतेदेखि दोस्रो चरणमा कोरोना भाईरसका संक्रमित देखिन थालेको अछाममा हालसम्म ४४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भैसकेको छ । ६ जना महिला र ३८ जना पुरुष गरी ४४ जनामा संक्रमण पुष्टि भएको र जसमध्ये १ जना पुरुषको ज्यान गैसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हालसम्म १७ सय १४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको ज्यान गैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker