
अछाम : अछाममा एकै ठाउँका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको बान्नीगढी जयषढ गाउँपालीका वडा ६ दर्ना पाटेखेतमा एन्टीजेन्ट बिधीबाट परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालीका स्वास्थ्य शाखा प्रमुख वसन्त रावलले बताउनुभयो ।
पाटेखेतमा बुधबार २१ जनामा एन्टीजेन्ट बिधीबाट परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बान्नीगढी जयगढ गाउँपालीकामा अस्ति (सोमबार) वडा नं ५ कालीकाको नन्दा माध्यमिक बिधालयका २४ जना बिधार्थीमा एन्टीजेन्ट बिधीबाट परिक्षण गर्दा १५ जना बिधार्थीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
हाल पालीकामा कोरोनाको लक्षण सङ्ग मिल्दा जुल्दा बिरामीको सङ्ख्या बढ्दै गएको र परिक्षणलाई समेत गाउँपालीकाले भ्याए सम्म बढाईरेहको स्वास्थ्य शाखा प्रमुख रावलले बताउनुभएको छ ।