साँफेबगर ९ बुढाकोटका १२ जनालाई रेडियो वितरण

दिपा कुमारी भण्डारी,अछाम :  अछामको साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटमा रेडियो वितरण गरिएको छ । बुढाकोटका १२ जना व्यक्तिलाई सोलार प्रविधिबाट चार्ज गरेर सुन्न सकिने रेडियो वितरण गरिएको हो ।

द स्टोरी किचेन, एन्टेना फउण्डेशन नेपालको सहयोग तथा रेडियो रामारोशनको समन्वयमा १२ जनालाई १२ वटा रेडियो सेट वितरण गरिएको हो ।

द स्टोरी किचेन र आंशिक सामाजिक परिचालक वीच सीमान्तकृत तथा विपन्न समुदायलाई कोभिड–१९ सम्बन्धि सूचनाको पहुँच बढाउन सहयोगी भूमिका निर्वाह गर्नका लागि सञ्चालित कार्यक्रम अन्तर्गत रेडियो वितरण गरिएको हो ।

हालसम्म रेडियोको पहुँचमा नभएका र रेडियो सुन्न नसक्ने अवस्थामा रहेका १२ जनालाई रेडियो सेट प्रदान गरिएको रेडियो रामारोशनका कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाले बताउनु भयो ।

एक कार्यक्रमका वीच उनीहरुलाई रेडियो वितरण गरिएको हो । रेडियो सेट वितरण पश्चात बोल्नुहुँदै वडा अध्यक्ष थापाले न्यून वर्गका व्यक्तिहरुलाई रेडियो सेट वितरण गर्नुभएकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

सुचना तथा प्रविधिको वर्तमान युगमा रेडियोबाट उनीहरुले विभिन्न जानकारी, सुचना, स्वास्थ्य, सरसफाई, शिक्षा तथा वर्तमान समयमा कोभिड–१९ बाट बच्ने उपाय लगायतका कुराहरुमा थप चेतना विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । रेडियोबाट प्राप्त हुने ज्ञान, सूचना तथा जानकारीबाट उनीहरुमा धारणा विकासको लागि समेत सहयोग पुग्ने उहाँका भनाई छ ।

वडा अध्यक्ष थापा, वडा सदस्य दिपक कुँवर, रेडियो रामारोशन एफएमका कार्यकारी निर्देशक कृष्ण बहादुर बुढा, सामाजिक परिचालक शारदा थापा, रेडियो रामारोशनका दिपा भण्डारी लगायतले रेडियो सेट वितरण गर्नुभएको थियो ।

रेडियो सेट प्राप्त गरेपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button