
धादिङ – काठमाण्डाै र आसपासका जिल्लामा भूकम्पको महसुस गरिएको छ ।
दिउँसो ४ बजेर २९ मिनेटमा धादिङको छत्रे देउराली केन्द्रबिन्दु बनाएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि सोमबार पनि ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको महसुस गरिएको थियो । ताप्लेजुङ केन्द्रबिन्दु भएको भुकम्प ४ दशमलव ९ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।