
कोरोना सङ्क्रमणका कारण अछामका १ जनाको मृत्यु
अछाम : कोरोना सङ्क्रमणका कारण बान्नीगढी जयगढ गाउँपालिकाका १ जना पुरुषको मृत्यु भएको छ ।
वडा नम्बर ५ कालिका बाहुन गाउँका लोगराज ढुङ्गाना (उपाध्याय) को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
हाल टिकापुरमा रहँदै आएका ढुंगानाको नेपालगंजबाटबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको छोरा नारायण ढुङ्गानाले बताउनुभयो ।
मृतकको आज कैलाली टिकापुरमा अन्तिम दाहसंस्कार गर्ने तयारी भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका लोगराज ढुङ्गाना बान्नीगढी जयगढ गाउँपालिकाका चर्चित पुरोहित हुन् ।