मंगलसेनका सबै स्वास्थ्य संस्थामा कोरोना परिक्षण गरिदै

कमल रावल बैशाख १७ अछाम : मंगलसेन नगरपालिकाले नगरका १४ वटै वडामा कोरोना परिक्षण गर्ने भएको छ ।

१३ वटा वडामा सम्बन्धीत स्वास्थ्य चौकी र मंगलसेन नगरपालिका ५ का नागरिकको जिल्ला अस्पतालमा एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।

बैशाख १८ गतेदेखि २२ गतेसम्म परिक्षण गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनु भयो ।

जस अनुसार बैशाख १८ गते वडा ३,४ र १४ नम्बर, १९ गते १, २ र १२ नम्बर, २० गते वडा नम्बर १०,११ र १३ नम्बर, २१ गते ८,९ र १३ नम्बर र २२ गते वडा नम्बर ६ र ७ को स्वास्थ्य संस्थामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ब्यक्तीको परिक्षण गरिने स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker