
मंगलसेन नगरपालिकाद्धारा २५ वेडको आईशुलेसन
मल रावल, बैशाख १७ अछाम : अछाम जिल्लामा कोरोनाभाईरसको संक्रमण तथा जोखिम बढदै गएपछी सबै स्थानिय तहले आईशुलेसन वेड सहीतको वार्ड सुचारु गर्न थालेका छन ।
जिल्लामा दैनिक जसो संक्रमितको सख्या थपिदै जान थालेपछी गम्भीर बिरामीलाई ब्याबस्थापन गरेर उपचार सुचारु गर्नका लागी १० वटै स्थानिय तहले कम्तीमा १० बेडको आईशुलेसन वार्ड बनाउन जिल्ला कोभिड ब्याबस्थापन समितीको बैठकले निर्देशन दिएपछी बनाउन थालेका हुन ।
सदरमुकाममा रहेको मंगलसेन नगरपालीकाले २५ वेडको आईशुलेसन वार्ड स्थापना गरेको छ ।
गत बर्ष क्वारेन्टाईन बनाईएको कृष ज्ञान केन्द्रको भवनमा २५ वेडको आईशुलेसन निर्माण गरिएको नगरप्रमुख पदम बहादुर बोहराले बताउनु भयो ।
भारतबाट लक्षण सहीत आएका नागरिक तथा नगरका गम्भीर कोरोना बिरामीलाई राख्नका लागी आईशुलसेन स्थापना गरिएको बोहराले बताउनु भयो ।
जिल्लाको साँफेबगर नगरपालिकाले पनी बयलपाटा अस्पतालमा आइशोलेसन र अक्सिजन ब्यवस्थापन सहीत सेवा सुचारुका लागी सहयोग गर्ने साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले बताउनु भयो ।