अछाममा आज राती १२ बजे बाट निषेधाज्ञा

अछाम : कोरोनाको संक्रमण देशभर त्रिव गतिमा बढीरहेको भन्दै अछाम जिल्लामा पनि निषेधाज्ञा जारी गरीने भएको छ ।

कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि आज राती १२ बजे बाट निषेधाज्ञा जारी गरिएको जल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

भारत र नेपालका विभिन्न जिल्लामा कोरोनाको संक्रमण दर एकदमै उच्च रहेको भन्दै अछाममा पनि संक्रमण दिनानुदिन बढेको भन्दै सर्तहरु लागु गरेर निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले बताउनुभयो ।

जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको सिफारिस तथा जिल्ला सुरक्षा समिती अछामको १६ गते बसेको निर्णय अनुसार जिल्लाभर निषेधाज्ञा लागु गरिएको मल्लले बताउनुभयो ।

जिल्लाबासी सबैमा उक्त निर्देशन पालना गर्न आग्रह गरिएको छ भने नियमको उल्ंघन गरे प्रचलित कानुन बमोजिम कारबाही हुने जारी सुचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button