अछाम जेसिजद्वारा प्रहरीलाई एक हजार थान मास्क सहयोग

टेकराज भण्डारी, बैशाख १९, अछाम

अछाम जेसिजले जिल्ला प्रहरी कार्यालय अछामलाई मास्क सहयोग गरेको छ । पछिल्लो समय जिल्लामा कोरोना महामारी तीब्र रुपमा फैलिरहेको र अग्र पंक्तिमा खटिने प्रहरीलाई जोखिम रहेको अवस्थामा मास्क सहयोग गरिएको अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपानेले बताउनु भयो । अछाम जेसिजको सहयोगमा एक हजार थान मास्क सहयोग गरिएको हो । जिल्ला प्रहरी कार्यालय अछाममा जेसिजको एक टोलिले मास्क प्रदान गरेको हो । अछाम जेसिजका अध्यक्ष न्यौपानेले जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी तुल्सीराम अर्याललाई मास्क प्रदान गर्नुभएको हो ।


कोरोना महामारीको संक्रमण अछाम जिल्लामा फैलिँदो क्रममा रहेको र कोरोना रोकथाम, नियन्त्रण तथा जनचेतना जगाउने कार्यमा प्रहरी अग्र पंक्तिमा खटिने र प्रहरीलाई संक्रमणको जोखिम बढी रहेको अवस्थामा अछाम जेसिजले पदाधिकारीबाट सहयोग संकलन गरि मास्क वितरण गरेको जेसिजका निवर्तमान अध्यक्ष तुलाराम बिसीले बताउनुभयो ।
अछाम जेसिजका पूर्व अध्यक्ष नमराज न्यौपानेको समन्वयमा मास्क सहयोग गरिएको निवर्तमान अध्यक्ष विसीको भनाइ छ । जिल्ला अध्यक्ष न्यौपानेको नेतृत्वमा गएको टोलीले सहयोग गरेका मास्क ग्रहण गर्नुहुँदै डिएसपी अर्यालले कोभिड महामारीको जोखिम बढिरहेको अवस्थामा मास्क सहयोग गरेकोमा अछाम जेसिजलाई धन्यवाद दिनुभयो ।

अछाम जेसिजले विभिन्न सामाजिक कार्य गरिरहेको भन्दै यस्तै सामाजिक कार्य गर्न आग्रह गर्नुभयो ।
अछाम जेसिजले गत बर्ष पनि कोरोना महामारीको रोकथाम तथा नियन्त्रणमा अग्र पंक्तिमा खटिने प्रहरीका लागि मास्क सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button