अछाममा थप फेरी एकजना कोरोना संक्रमितको मृत्यु

अछाम : कोरोना संक्रमणका कारण अछाममा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नः ६ दर्नाका ५० बर्षका पुरुषको मृत्यु भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।

सूचना अधिकारी जोशीका अनुसार शनिबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागी अस्पताल भर्ना गरीएको थियो ।

जिल्ला अस्पतालमा गरीएको एन्टीजेन परीक्षणमा ति पुरुषमा कोरोना पुष्ट्रि भएको सूचना अधिकारी जोशीले बताएका छन ।

यसैबिच हिजो शनिबार राती अछामको मेल्लेख गाउँपालीका स्थित नन्देगडाका ६० बर्षिया बृद्धको पनि मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

अछाममा शनिबार र आईतबार गरी २ दिनमा २ जनाको मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button