निषेधाज्ञा कडाईका साथ कार्यान्वयन हुने डिएसपी अर्याल

टेकराज भण्डारी बैशाख १९, अछाम

अछाम जिल्लामा कोरोना महामारीको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । यो अवस्थामा सबैले स्वास्थ्य मापदण्डको पालना गर्न जरुरी देखिन्छ । यो समयमा अछाम प्रहरीले पनि जनचेतनाका कार्य जगाईरहेको छ ।

 तपाईको मास्क खै?, माईकिङ, सम्झाई बुझाई गर्ने लगायतका कार्य अछाम प्रहरीले गरीरहेको छ । आईबार पनि प्रहरीले सदरमुकाम मंगलसेन लगायतका स्थानामा माईकिङ गरी जनचेतना जगाउने कार्य गरेको छ ।

यस्तै अछाम प्रहरीले आईतबार रातीदेखि हुने निशेत्राज्ञाको कार्यान्वयनको लागि समेत प्रहरी संयन्त्र परिचालन गर्ने कार्य गरेको अछामका प्रहरी प्रमुख डिएसपी तुल्सीराम अर्यालले बताउनु भयो ।

निषेधाज्ञा अवधिमा कुनै पनि मदिराको कारोबार गर्न नपाईने भन्दै नियम विपरित कार्य गर्ने र निशेधाज्ञाको अवज्ञा गर्नेलाई कडा कारबाही गरिने बताउनु भयो ।

 सबैलाई स्वः अनुःअनुशाशनमा रहेर कोरोना संक्रमण रोकथाम गर्नुपर्ने उहाँको भनाई छ । यसैवीच हामीले डिएसपी अर्याललाई कोरोना संक्रमण रोकथाम तथा निषेधाज्ञाको कार्यान्वयन कसरी गराउँदै हुनुहुन्छ भनेर सोधेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button