
अछाममा पछिल्लो २४ घण्टाको अवधिमा २ जना कोरोना संक्रमितको मृत्यु
बैशाख १९, अछाम
अछाममा २४ घण्टाको अवधिमा २ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
जिल्ला अस्पतालमा उपचार गराई रहनु भएका जिल्लाको मेल्लेख गाउँपालिका ७ का ६० बर्षका पुरुष र बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ का ५० बर्षका पुरुषको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो । शनिवार राती र आईतबार दिउसो उहाँको ज्यान गएको हो । जिल्ला अस्पताल अछामको आईसोलेशनमा उपचार गराईरहनु भएका उहाँमा श्वासप्रश्वासमा समस्या भएको थियो । अछाम जिल्लामा हालसम्म ९ जनाको कोरोना भाईरसको संक्रमणको कारण ज्यान गैसकेको छ ।
कोरोना भाईरसको दोस्रो चरण देखिएको गत बैशाख ५ गतेदेखि हालसम्म २ साताको अवधिमा ४ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।
कमलबजारका एक बालिका, साँफेबगरका एक पुरुष, मेल्लेख गाँउपालिकाका एक पुरुष र बान्नीगढी जयगढ गाँउपालिकाका एक पुरुष गरी ४ जनाको मृत्यु भएको सूचना अधिकारी जोशीले बताउनु भयो ।