
अछाम: अछामको चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुँवरलाई कोरोना संक्रमण भएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उपाध्यक्ष कुँवरले आफूलाई संक्रमण भएको जानकारी दिनुभएको छ ।
उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क रहन समेत अपिल गरेकी छिन्।
यसअघि चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउद र प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा लगायत बैङ्कका कर्मचारीमा समेत कोरोना संक्रमण पुस्टि भएको थियो।
