
रामारोशन गाउँपालिका एक हप्ताका लागि बन्द
अछाम : अछामको रामारोशन गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि गाउँपालिकाले दिने स्वास्थ्य सेवा बाहेक सम्पुर्ण सेवा एक हप्ताका लागि बन्द गरिएको छ ।
रामारोशन गाउँपालिकाको संकट व्यावस्थापन समितीको आज बसेको बैठकले समुदायको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै दोस्रो लहरमा तिब्रगतीमा फैलीरहेको संक्रमण लाई फैलिन नदिन रोकथाम तथा नियन्त्रणका लागि अर्को व्यवस्था नभएसम्म मंगलबार बाट २७ गते सम्मका लागि स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सेवा पुर्ण रुपमा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारिले जानकारी दिनुभयो ।
साथै भारत र नेपालका विभिन्न जिल्लामा कोरोनाको संक्रमण दर एकदमै उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय अछामले गरेको निषेधाज्ञा लाई पालना गर्दै सरकारले लागु गरेका आवश्यक सर्तहरुको पालना गरेर नागरिकले सुरक्षीत रुपमा बस्न र सर्तकता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।
कोरोना संग मिल्दोजुल्दो लक्ष्यण देखिएमा पालिकाको स्वास्थ्य शाखा र नजिकको स्वस्थ सस्थामा जानकारी गराउन आग्रह समेत गरिएको छ ।
यसैबिच गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन अनिवार्य मास्क लगाउन, स्वास्थ्यमा कुनै समस्या देखिएमा पालिकाको स्वास्थ शाखा र नजिकको स्वास्थ सस्थामा सम्पर्क राख्न, बालवालिका, वृद्ध वृद्धाहरु लाई घर बाट बाहिर ननिस्कन आग्रह गर्नुका साथै सावुन पानीले हातधुन आग्रह गरिएको छ ।
यस्तै सेनिटाइजरको प्रयोग गर्न र दुई मिटरको भौतिक दुरि कायम गर्न, अत्यावश्यक बाहेक अरु समयमा घरबाहिर र भिडभाडमा नजान, सबैलाई गाउँपालिकाले सुचना जारी गरि पालिकाका नागरीक लाई सचेत गराएको छ ।
