
बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु
धनगढी : बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउंपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सोमबार साँझ परेको चट्याङ लागेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।