अछाममा थप २८ जनामा काेराेनाकाे संक्रमण पुष्टी

अछाम : अछाममा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशाला ३८ नमुना परीक्षण गरीएकामा २८ जनामा संक्रमण पुष्टी भएको हो ।

थपीएका संक्रमितमध्ये सबैभन्दा धेरै २५ जना जिल्लाको मेल्लेख गाउँपालिकाका मात्रै छन् ।

गाउँपालिकाका २० पुरुष र ५ महिलामा संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दीनुभयो । उनीहरु गाउँपालिकाको वडा नम्बर ५ र ७ निवासी हुन् ।

यस्तै कमलबजार नगरपालिकाको वडा नम्बर १ र ६ का एक÷एक जना पुरुष र ढकारी गाउँपालिका वडा नम्बर ८ का एक जना पुरुषमा पनि संक्रमण पुष्टी भएको सुचना अधिकारी बिष्टले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button