नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिमद्वारा सेती अस्पताललाई सिलिण्डर हस्तान्तरण

धनगढी: नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट )सुदूरपश्चिमले सेती प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। 

आफ्नो वर्क सपबाट संकलन भएका २३ थान सिलिण्डर सेती अस्पताललाई हस्तान्तरण गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिमका सचिव जीतबहादुर मल्लले बताए। 

अस्पतालले १ सय खाली सिलिण्डर सहयोग गर्न अपिल गरेपछि ट्रेड युनियनले अक्सिजनको सिलिण्डर संकलन गर्ने अभियान चलाएको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button