बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ जना घाइते

बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

जीप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए। 

जीप सडकबाट करिब ५सय मिटर तल खसेको बताइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button