काेराेना सङ्क्रमणबाट थप ५५ जनाकाे ज्यान गयाे, सात हजार ६ सय ६० सङ्क्रमित थपिए

बैशाख २१, २०७८ मंगलबार  काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप ५५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार चार सय १७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६० जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार एक सय ३१ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ८७ जना र पाँच सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ५१ हजार पाँच पुगेको छ ।

गएको २४ घण्टामा एक हजार सात सय ७५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८७ हजार सात सय ९० पुगेको छ । अहिले नेपालमा ५९ हजार सात सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउनेकाे यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button