मेल्लेख गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

अछाम : अछामको मेल्लेख गाउँपालिकाले जनस्वास्थ तथा कोभिड १९ लगायत अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको सङ्क्रमणको दोस्रो लहर अछाम जिल्लामा समेत देखिएकाले सङ्क्रमण थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालय अछामको निर्णय अनुसार मेल्लेख गाउँपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै जिल्लामा बढ्दो कोरोनाको संक्रमण लाई थप फैलीन नदीनका लागी निषेधाज्ञा गर्ने नर्णय गरेको जिल्ला प्रशासन कार्यालय अछामको निर्देशनलाई पालना गर्दै पालिका बाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बैशाख २८ बजे सम्मका लागि बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काले जानकारी दिनुभयो ।

कोरोनाको संक्रमण दर उच्च रहेको भन्दै गाउँपालिकामा पनि संक्रमण बढ्न सक्ने भन्दै सर्तहरु लागु गरेर सुरक्षित रुपमा बस्न समेत निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्काले आग्रह गर्नुभएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन अनिवार्य मास्क लगाउन, स्वास्थ्यमा कुनै समस्या देखिएमा पालिकाको स्वास्थ शाखा र नजिकको स्वास्थ संस्थामा सम्पर्क राख्न, बालवालिका, वृद्ध वृद्धाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्नुका साथै साबुन पानीले हातधुन, सेनिटाइजरको प्रयोग गर्न र दुई मिटरको भौतिक दुरी कायम गर्न, अत्यावश्यक बाहेक अरु समयमा घरबाहिर र भिडभाडमा नजान, सबैलाई सुचना जारी गरिएको सुचना मार्फत आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button