अछाममा थप २५ जनामा कोरोनाको संक्रमण पुष्टि

बैशाख २२, अछाम : अछाम जिल्लामा आज थप २५ जनामा कोरोना पुष्टी भएको छ ।

जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा ६ महिला र १९ जना पुरुष गरी २५ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

जिल्ला अस्पताल अछाम, बयालपाटा अस्पताल र कमलबजार पिसिआर प्रयोगशाला मार्फत २२ महिला र ४६ पुरुष गरी ९३ जनाको स्वाब संकलन गरिएकोमा २५ जनामा कोरोना देखिएको प्रयोगशालाका सुचना अधिकारी टेक बिष्टले जानकारी दिनुभयो ।

कमल बजार पिसिआर प्रयोगशालामा ४ हजार ८ सय २५ जनामा कोरोना परीक्षण गर्दा ६ सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण अछाम जिल्लामा ४ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो समय अछाममा कोरोना सङ्क्रमणको दर दिनहुँ उकालो लाग्न थालेको छ ।

संक्रमण नियन्त्रणका लागि सरकारी स्तरबाट कुनै ठोस कदम नचाल्दा र सर्वसाधरणको लापरवाहीका कारण संक्रमण दिनहुँ बढ्दै गएको छ ।

भारत लगायका अन्य स्थान बाट गाउँ फर्किनेको सङ्ख्या बढ्नु र स्थानिय तहले क्वारेन्टाइन लगायत अन्य पुर्बाधारको ब्यावस्थापन नगर्दा गाउँ – गाउँमा कोरोना फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button