
अछाम : अछामको रामारोशन गाउँपालिकाका थप ३ जनामा कोरोना पुष्टि भएको छ ।
शान्तडामा एन्टिजेन विधि बाट गरिएको परिक्षणका क्रममा १ महिला र २ पुरुष गरि एक जना पालिकाका कर्मचारी सहित ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
पालिकाका बिभिन्न वडाका ९ जनाको एन्टिजेन विधि बाट कोरोना परिक्षण गरिएकोमा ३ जना सङ्क्रमित थपिएका रामारोशन गाउँपालिकाको स्वास्थ शाखा प्रमुख प्रभुनाथ देबकोटाले जानकारी दिनुभयो ।
उनिहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने लगायतका लक्ष्यण देखिए पछि जाँच गरिएको थियो । पोजेटिभ देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ शाखा प्रमुख देबकोटाले बताउनुभयो ।
यो संगै पालिकामा दोस्रो लहरको कोरोना बाट सङ्क्रमीत हुनेको सङ्ख्या ८ जना पुगेको छ ।