कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख २२ धनगढीः कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनको सेती प्रादेशिक अस्पतालमा बुधबार साढे ७ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए। 

योसहित पछिल्लो २४ घण्टामा कैलालीमा ५ जना संक्रमितको मृत्यु भइसकेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ७२ वर्षीय पुरुष र वडा नम्बर ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी शिवराज जोशीले बताए। 

दम सम्बन्धी समस्या भएका ७२ वर्षीय पुरुषको मंगलबार ८ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको हो भने श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका  ५८ वर्षीय पुरुषको मंगलबार साँझ ७ बजेको समयमा मृत्यु भएको हो। 

यस्तै कैलालीको गौरीगंगा नगरपालिका–१ का ३५ वर्षीय पुरुषको र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१ का ३५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ।  संक्रमण पुस्टि भएका उनीहरुको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 

४ जनाको सेती प्रादेशिक अस्पतालममै उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button