अछाममा बुधबार थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

टेकराज भण्डारी बैशाख २२, अछाम  अछाममा बुधबार थप ४३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला कमरबजार प्राथमिक केन्द्रमा रहेको प्रयोगशालामा गरिएको आरटी पीसीआर परिक्षण र एन्टिजेन विधिबाट गरिएको परिक्षणबाट ४३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति मीन बहादुर कुँवरले जानकारी दिनुभयो ।

कमलबारको प्रयोगशालामा गरिएको परिक्षणमा २५ जना र एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा १८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।

कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा ६ महिला र १९ जना पुरुष गरी २५ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाका सुचना अधिकारी टेक बिष्टले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल अछाम, बयालपाटा अस्पताल र कमलबजार पिसिआर प्रयोगशाला मार्फत २२ महिला र ४६ पुरुष गरी ९३ जनाको स्वाब संकलन गरिएकोमा २५ जनामा कोरोना देखिएको हो ।

कमल बजार पिसिआर प्रयोगशालामा हालसम्म ४ हजार ८ सय २५ जनामा कोरोना परीक्षण गर्दा ६ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार जिल्लामा ७७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । बैशाख ५ गतेबाट दोस्रो चरणमा कोरोना संक्रमित देखिन थालेको अछाममा हालसम्म १ सय जना महिला र १ सय ९९ जना पुरुष गरी २ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पहिलो चरणमा अछाममा १६ सय ७० जनामा कोरोना संक्रमण देखिएको थियो । हाल सबैभन्दा बढी जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा १ सय ३ जना संक्रमित रहेका छन् यस्तै मंगलसेन ८९ जना, मेल्लेखमा ३४ जना, कमलबजार २३ जना, चौरपाटीमा १७ जना, साँफेबगर १२ जना, रामारोशन ८ जना, पञ्चदेवल विनायकमा ६ जना, तुर्माखाँदमा ४ जना तथा ढकारी ३ जना रहेका छन् ।

संक्रमित मध्ये जिल्ला अस्पतालको आईसोलेशन ७ जनाको उपचार भैरहेको छ । सक्रिय संक्रमित मध्ये ४५ जना निको भइ घर फर्केका समेत जिल्ला स्वास्थ्य कार्यालयको कोभिड सम्पर्क व्यक्ति मीन बहादुर कुँवरले जानकारी दिनुभयो ।

पछिल्लो समय अछाममा कोरोना संक्रमण तथा मृत्युदर दिनहुँ उकालो लाग्न थालेको छ । संक्रमण नियन्त्रणका लागि सरकारी स्तरबाट कुनै ठोस पहल नभएको स्थानीयले गुनासो गरेका छन् ।

भारत लगायका अन्य स्थान बाट गाउँ फर्किनेको सङ्ख्या बढ्नु र स्थानिय तहले क्वारेन्टाइन लगायत अन्य पुर्बाधारको ब्यावस्थापन नगर्दा गाउँ – गाउँमा कोरोना फैलिएको छ । प्रदेश सरकारले जिल्ला अस्पतालका लागि पठाएको २ वटा भेन्टिेलेटर र २ वटा आईसीयू दक्ष चिकित्सकको अभावमा प्रयोगमा आउन सकेका छैनन् ।

भेन्टिलेटर र आईसीयू आएका तर उक्त उपकरण चलाउन सक्ने दक्ष जनशक्ति नभएकाले थन्काउनु परेको जिल्ला अस्पताल अछामका सूचना अधिकारी गंगा बुढामगरले बताउनु भयो ।

प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा प्रदेश सभामा गरी अछाम जिल्लाबाट १ जना हालै निलम्बित सहति १२ जना सांसद भएपछि कोरोना महामारीमा स्वास्थ्य सेवा सुधार गर्नतर्फ प्रयास नगरेको भन्दै नागरिकले तीब्र असन्तुष्टि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button