अछाममा थप ५६ जनामा कोरोना पुष्टि, मेल्लेखका ५३ जना

अछाम : अछाममा कोभिड १९ को दोस्रो लहरमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमलबजार नगरपालीकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा १७ महिला ३९ पुरुष गरि ५६ जनामा क‍ोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि हुनेमा सबै भन्दा बढी मेल्लेख गाउँपालीकाका वडा नं ५ ,७ र ८ का५३ जना रहेका प्रयोगशालाले जनाएको छ।

मेल्लेख गाउँपालीकाका ९२ जनामा परिक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै कमलबजार नगरपालिका २ का २६,२६ बर्षिका १ महिला र पुरुष ,साफेबगर नगरपालिका ७ का २९ बर्षिय पुरुष रहेका छन् ।

पछिल्लो समय अछाममा कोरोना संक्रमण तथा मृत्युदर दिनहुँ उकालो लाग्न थालेको छ । संक्रमण नियन्त्रणका लागि सरकारी स्तरबाट कुनै ठोस पहल नभएको स्थानीयले गुनासो गरेका छन् ।

भारत लगायका अन्य स्थान बाट गाउँ फर्किनेको सङ्ख्या बढ्नु र स्थानिय तहले क्वारेन्टाइन लगायत अन्य पुर्बाधारको ब्यावस्थापन नगर्दा गाउँ – गाउँमा कोरोना फैलिएको छ । प्रदेश सरकारले जिल्ला अस्पतालका लागि पठाएको २ वटा भेन्टिेलेटर र २ वटा आईसीयू दक्ष चिकित्सकको अभावमा प्रयोगमा आउन सकेका छैनन् ।

भेन्टिलेटर र आईसीयू आएका तर उक्त उपकरण चलाउन सक्ने दक्ष जनशक्ति नभएकाले थन्काउनु परेको जिल्ला अस्पताल अछामका सूचना अधिकारी गंगा बुढामगरले बताउनु भयो ।

प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा प्रदेश सभामा गरी अछाम जिल्लाबाट १ जना हालै निलम्बित सहति १२ जना सांसद भएपछि कोरोना महामारीमा स्वास्थ्य सेवा सुधार गर्नतर्फ प्रयास नगरेको भन्दै नागरिकले तीब्र असन्तुष्टि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button