आईसियू र भेटिलेटर संचालनमा ल्याउन महासंघको माग

अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले जिल्लामा जनशक्ती सहितको आईसियू र भेटिलेटर संचालनमा ल्याउन माग गरेको छ ।

बिहिबार एक विज्ञप्ती जारी गर्दै यथासक्य छिटो आईसियू र भेटिलेटर संचालनमा ल्याउनका लागि पहल गर्न तिनै तहका सरकारसंग जोडदार माग गरेको हो ।

यि कुरामा व्यावस्था नहुञ्जेलसम्म महासंघ अछामले दबाव सृजना गर्न अभियान नै थालनी गर्ने अवगत विज्ञप्ती मार्फत गराएको छ ।

नयाँ भेरियण्टको कोरोना भाईरसले जिल्लामा संक्रमण र मृत्युदर दिनप्रतिदिन बढिरहेको भन्दै यसको रोकथाम र नियन्त्रणमा लाग्न र जिल्लाका सबै पालिकालाई अक्सिजन सहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न समेत आग्रह गरेको छ ।

दोश्रो लहरमा मात्रै अछाममा ६ जनाको मृत्यु भईसकेको र संक्रमण समुदायस्तरमै फैलिसकेको भन्दै यसमा गम्भिर रुपमा लाग्न महासंघ अछामले विज्ञप्ती मार्फत सबै सरोकारवालाई आग्रह गरेको छ ।

कोरोना महामारीको सन्त्रासले अछामलाई पनि गाँजिसकेको छ, यस जटिल अवस्थामा जिल्लाबासी नागरिक संगैँ पत्रकार तथा संचारकर्मीहरुले साबधानी अपनाई सुरक्षित घरमै बस्न महासंघ अछामका अध्यक्ष खम्म सिंह खत्रीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

कोरोना बाट मृत्यु भएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले संक्रमित सबैमा सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

विज्ञप्तीको पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button