मंगलसेन नगरपालिकामा थप १५ जनामा कोरोना पुष्टि

कमल रावल अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकाका १५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाले वडाका स्वास्थ्य संस्थामा एन्टेजिन विधिबाट लक्षण देखिएका ब्यक्तिलाई परिक्षण सुरु गरेपछी आज मात्रै १५ जनामा पुष्टि भएको हो ।

वडा नम्बर ६ मा १६ जनाको परिक्षण गर्दा ७ जनामा पुष्टि भएको छ । जसमा ५ जना महिला र २ जना पुरुष रहेको स्वास्थ्यकर्मि लक्ष्मण प्रसाद भण्डारीले बताए ।

वडा नम्बर ७ मा २५ जनाको परिक्षण गर्दा ५ जना महिला र ३ जना पुरुष गरि ८ जनामा कोरोना पुष्टि भएको जनालीवण्डाली स्वास्थ्य चौकी अहेब कृष्ण जोशीले बताए ।

मंगलसेन नगरपालिकाले नगरका १४ वटै वडाका स्वास्थ्य संस्थामा एन्टेजिन विधिबाट कोरोना परिक्षण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button