चौरपाटीमा गाउँपालिकामा नेपाल टेलिकमको सेवा अबरुद्ध

बिक्रम परियार अछाम : अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा एक हप्ता देखि नेपाल टेलिकमको टावरले काम गर्न छोडेेेको छ ।

पालिकामा टेलिकमको नेटवर्कले काम नगर्दा स्थानिय नागरिकलाई सास्ती भएको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले बताउनु भयो ।

कोरोना भाईरसको सङ्क्रमणबाट सङ्क्रमित भएर आईसुलेसनमा बसेका अध्यक्ष साउदले आफुले अरुलाई सम्पर्क गर्दा र अन्य व्यक्तीले आफूलाई सम्पर्क गर्न खोज्दा पनि सम्पर्क समेन नहुने गरेको गुनासो गर्नु भयो ।

आफुुले प्रमुख जिल्ला अधिकारी मार्फत टेलिकममा आएको समस्या लाई समाधान गर्नका लागि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको गुनासो गर्नु भयो ।

पालिकाका जनप्रतिनिधी र प्रमुख कोरोना संक्रमित भएको अबस्थामा सबैलाई संञ्चारमा जोड्नका लागी प्रमुख जिल्ला अधिकारी र नेपाल टेलिकमका कर्मचारीले जिम्मा लिनुपर्ने अध्यक्ष साउदले बताउनु भयो ।

विश्व भर माहामारिको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमले त्रसित बनेका स्थानियहरुले स्वास्थ्य संस्था लगायत महत्वपूर्ण कामका लागि फोन गर्न खोज्दा पनि सम्पर्क नहुदा थप समस्या आएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button