मंगलसेन नगरपालिकाद्धारा कोरोनाबाट बच्न वडा वडामा प्रचारप्रसार अभियान

कमल रावल बैशाख २३ अछाम कोरोनाभाईरसको संक्रमण तथा जोखिमबाट आफु पनी बचौँ अरुलाई पनी बचाऔँ भन्दै मंगलसेन नगरपालिकाका सबै वडामा जनचेतना मुलक सन्देश प्रचारप्रसार अभियानको थालनी गरिएको छ । वडाका टोल टोलमा एक दुई जना ब्यक्ती पुगेर माईकीगँ अभियान सुरु भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनु भयो । जस अन्र्तगत आज वडा नम्ब ३ को टोलटोलमा जनचेतना मूलक सन्देश प्रचारप्रसार गरिएको छ । वडा नम्बर ३ मा गठित युवा सञ्जालको आयोजना तथा सक्रियतामा नागरिकलाई सन्देश मुलुक चेतना दिईएको थियो । कम्तीमा २मिटरको सामाजिक दुरी कायम गरौ, पटकपटक साबुन पानीले हात धौ, नियमित मास्कको प्रयोग गरौ, संक्रमित ब्याक्तीले १४ दिन सम्म आफ्नै घरमा अलग्गै सुरक्षित बसौ, लापरवाही नगरौ आफ्नो ज्यान तथा अरुको ज्यान खतरामा नपारौ, जिल्ला बाहिरबाट आएका ब्याक्तिहरुले कम्तिमा १४ दिन घरमा अलग्गै एकान्त बाँस बसौ लगाएत नारा टोल टोलमा लगाईएको सन्जालका अध्यक्ष पार्वती बिष्टले बताउनु भयो । वडा कार्यालयको सहयोगमा प्रचारप्रसार गरिएको अभियानमा अध्यक्ष बिष्ट र कोषाध्यक्ष रत्ना साउदको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button