मंगलसेनमा २१३ को परिक्षण, १३९ नेगेटिभ र ७४ मा पोजेटिभ

कमल रावल बैशाख २३ अछाम मंगलसेन नगरपालिकाले नगरका १४ वटै वडामा एन्टिजेन बिधिबाट गरेको कोरोना परिक्षणमा १ सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १४ वटै वडामा १ सय ५४ जना पुरुष र ५९ जना महिलाको गरि २ सय १३ जनाको कोरोनाको परिक्षण गर्दा १ सय ३९ जनामा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका सुचना अधिकारी विष्णु प्रसाद जैसिले बताउनु भयो । जसमा ७४ जनाको रिपोर्ट भने पोजेटिभ आएको छ । जसमा २८ जना महिला र ४६ जना पुरुष रहेका जैसिले बताउनु भयो । संक्रमित सबैको चाडै स्वास्थ्य लाभको कामना सहित जनस्वास्थ्यका मापदण्ड पालना गरि सुरक्षित घरमा बसि कारोनाबाट आफुपनि सुरक्षित रहुँ र समुदायलाई पनि सुरक्षित राख्न सुचना अधिकारी जैसीको अाग्रह रहेको छ । संक्रमितको सबैको स्वास्थ्य सामान्य रहेको र अधिकाँश होम आईसुलेशनमा रहेका स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारीले बताउनु भयो । बैशाख १८ गतेदेखि २३ गतेसम्म नगरका १४ वटै स्वास्थ्य संस्थामा परिक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button