कैलालीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख २४  धनगढी : कैलालीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। 

जिल्लाको घोडाघोडी  नगरपालिका २ सुखड घर भएकी ५७ वर्षीया महिलाको मृत्यु भएको हो। 

दम सम्बन्धि बिरामी रहेकी उनको १८ गते एक निजी अस्पतालमा भर्ना गरिएको थियो। पीसीआर रिर्पोट पोजेटिभ आएकोमा उनको उपचारको क्रममा शुक्रबार बिहान २ः४५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यायल कैलालीले जनाएको छ। 

यस्तै कञ्चनपुरको पुर्नवास  नगरपालिका वडा नम्बर ३ की ७४ वर्षीय महिलाको मृत्यु भएको छ। २० गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी उनको एन्टिजेन बिधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। उनको शुक्रबार बिहान साढे ६ बजेको समयमा सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यायल कैलालीका सूचना अधिकारी शिवराज जोशिले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button