मंगलसेन नगरपालिकाले पिसिआर परिक्षणका लागी स्वाब संकलन गर्दै, एन्टिजेनमा ९७ जनामा कोरोना पुष्टि ।

बैशाख २४ अछाम

मंगलसेन नगरपालिकाले कोरोनाभाईरस संक्रमण पुष्टिका लागि दोस्रो चरणमा पिसिआर परिक्षणका लागि स्वाब सँकलन गर्ने भएको छ । हिलो चरणमा एन्टिजेन विधिबाट परिक्षण गरेको नगरपालिकाले दोस्रो चरणमा पिसिआर परिक्षणका लागि स्वाब संकलन गर्न लागेको हो ।

बैशाख २६ गते देखि ३० गतेसम्म नगरपालिकाका विभिन्न स्थानमा कोरोनासंग मिल्दो जुल्दो लक्षण भएका विरामीहरुको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद उपाध्यायद्धारा जारी गरिएको सुचनामा भनिएको छ ।

जस अनुसार बैशाख २६ गते वडा नम्बर ३,४,५,८ र मंगलसेन बजार क्षेत्रका ब्यक्तिको नगरपालिकाको पुरानो भवन, २६ गते नै वडा नम्बर ६ र ७ का ब्यक्तिको ठुलासैन शहरी स्वास्थ्य क्लिनिक, बैशाख २८ गते वडा नम्बर ९,१०,११,१२ र १४ का ब्यक्तिको जुपु स्वास्थ्य चौकी र बैशाख ३० गते वडा नम्बर १,२ र १३ का ब्यक्तिको कुन्ति स्वास्थ्य चौकीमा स्वाब संकलन गरिने नगरपालिकाले जनाएको छ ।

यसैबिच मंगलसेन नगरपालिकाका १४ वटै वडामा एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ९७ जनामा कोरोना पुष्टि भएको छ । नगरपालिकाको कार्ययोजना अनुसार पहिलो चरणमा एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा ३६ जना महिला र ६१ जना पुरुष गरि जम्मा ९७ जनालाई पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका ७४ जना महिला र १ सय ८३ जना पुरुष गरि २ सय ५७ जनाको परिक्षण गरिएको नगरपालिकाका सुचना अधिकारी विष्णु प्रसाद जैसिले बताउनु भयो ।

संक्रमित हुनेमा जनप्रतिनीधी, कर्मचारी, शिक्षक लगाएत सर्वसाधारण रहेका जैसिले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker