काेराेना संक्रमणबाट गम्भीर एक जनालाई हेलिकप्टरबाट काठमाडौं लगियाे

टेकराज भण्डारी बैशाख २४, अछाम
अछाममा काेराेना संक्रमणबाट गम्भीर बिरामी परेका एक जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डाै लगिएको छ ।

 काेराेना संक्रमण भई बैशाख २० गतेबाट जिल्ला अस्पताल मंगलसेनमा उपचाररत मंगलसेन नगरपालिका वडा नम्बर ५ का ४० बर्षका पुरुषलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला अस्पताल अछामका सुचना अधिकारी गंगा बुढामगरले जानकारी दिनुभयाे । 

श्वासप्रश्वासमा समस्या भई रगतमा अक्सिजनकाे मात्रा निरन्तर कम हुन थालेपछि बाहिर लगिएको हाे । शुक्रबार (आज) दिउसो उहाँलाई हेलिकप्टरबाट काठमाडौं लगेर काठमाण्डौं मेडिकल कलेजमा उपचार भैरहेको उहाँका भाइ डाक्टर प्रेम ढुंगानाले बताउनुभयो । 

मंगलसेन बजारका प्रतिष्ठित व्यापारी समेत रहनु भएका बिरामी ४० बर्षिय पुरुषले व्यक्तिगत रुपमा हेलिकप्टर चार्टर गरेर काठमाडौं गएका हुन् । उहाँलाई अहिले आईसीयूमा राखेर उपचार भैरहेकाे बताईएकाे छ ।


जिल्ला अस्पताल अछाममा हाल ११ जनाकाे उपचार भैरहेकाे छ । जसमध्ये ३ जनाकाे अवस्था गम्भीर रहेकाे सूचना अधिकारी बुढामगरले बताउनु भयाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button