
कार्तिक २६ अछाम
सुरक्षित स्वास्थ सेवा लिन हरेक नागरिकको अधिकार भएको चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताउनु भयो ।
चौरपाटी गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थका बारेमा आइ पास नेपालले आयोजना गरेको कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष साउदले गाउँपालिकाले सहजरूपमा स्वास्थ सेवा प्रदान गर्नका लागि योजना बनाइ काम गरिरहेको बताउनु भयो ।

गोष्ठीमा सहजीकरण गर्दै आइ पास नेपालका प्रदेश संयोजक शंकर सिंह धामीले सुरक्षित गर्भपतन सुचिकृत स्वास्थ संस्था र सुचिकृत स्वास्थ्यकर्मी बाट गराउनु पर्ने बताउनु भयो ।
आइपास नेपाल अछाम जिल्ला संयोजक उपेन्द्र कुवरले स्वास्थ संस्थाको नितिगत सुधारका लागि सहयोगिको भुमिकामा रहेको बताउनु भयो ।
स्वास्थ शिक्षा अभावका कारण यौन तथा प्रजनन स्वास्थ र परिवार नियोजनका बारेमा अझै पनि समाजमा खुलेर छलफल हुन नसकेको गोष्ठीका सहभागीले बताएका छन ।
गोष्ठीमा चौरपाटी गाउँ पालिका वडा नम्बर ५ लुग्राका वडा अध्यक्ष टेकबहादुर खड्का वडा नम्बर ६ दुनिका वडा अध्यक्ष मने साउद सबै वडामा रहेका स्वास्थ संस्थाका प्रमुख महिला स्वास्थ स्वयंसेविका आमा समुहका प्रतिनिधिको सहभागिता रहेको थियोे ।
चौरपाटी गाउँ पालिकाका स्वास्थ संयोजक कमल साउदले संचालन गरेको गोष्ठीले गाउँ पालिकाको तत्काल स्वास्थ नीति निर्माण गरिने बताएको छ ।