अछाममा आज ९७ जना काेराेना संक्रमित थपिए

टेकराज भण्डारी अछाम : अछाममा शुक्रबार थप ९७ जना काेराेना संक्रमित थपिएका छन् ।

जिल्लामा पिसीआर र एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा ९७ जनामा काेराेना भाईरसकाे संक्रमण पुष्टि भएको हाे ।

जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रकाे पिसीआर प्रयाेगशालामा गरिएको परिक्षणमा ६१ जना र एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ३६ जनामा काेराेना भाईरसकाे संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देब जाेशीले जानकारी दिनुभयाे ।

याे संगै दाेस्राे चरणमा काेराेनाबाट संक्रमितको संख्या ५ सय ११ जना पुगेकाे छ । बिहिवार मात्रै जिल्लामा एन्टिजेन बिधिबाट गरिएको परिक्षणबाट ५० जना र पिसीआर विधिबाट गरिएको परिक्षणमा ९७ जना गरि १ सय ७ जना संक्रमित थपिएका थिए ।

पहिलाे र दाेस्राे चरणमा गरी अछाममा संक्रमितको संख्या २१ सय ८३ पुगेकाे छ । जसमध्ये १६ सय ८६ जना निकाे भई घर फर्किसकेका छन् ।

हाल जिल्लामा ४ सय ९७ जना काेराेनाका सक्रिय बिरामी छने भने पहिलाे चरणमा ४ र दाेस्राे चरणमा ७ गरि ११ जनाकाे ज्यान गैसकेकाे सूचना अधिकारी जाेशीले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button