कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा ४४ जना कोरोना संक्रमित थप

टेकराज भण्डारी बैशाख २५, अछाम

अछामको कमलबजार पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा थप ४४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा २७ जना पुरुष र १७ जना महिला गरि ४४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिनुभयो ।

जिल्लाका कमलबजार, मंगलसेन र साँफेबगर नगरपालिकाका ७७ जनाको स्वाब परिक्षण गर्दा ४४ जना अर्थात ५७ दशमलव १४ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो ।


कमलबजार नगरपालिकाका वडा नम्बर १, २, ५ र ८ का १९ बर्षदेखि ५२ बर्षसम्मका ११ जना पुरुष र ३ जना महिला गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी मंगलसन नगपालिका वडा नम्बर ३,५,८ र ११ का ८ पुरुष र १० महिला गरि १८ जना र साँफेबगर नगरपालिका वडा नम्बर १,२,३,४ र १० का ८ पुरुष र ४ महिला गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

संक्रमित १४ देखि ६५ बर्ष उमेर सम्मका रहेका छन् । प्रयोगशालामा हालसम्म ५ हजार ९७ जनाको परिक्षण गरिएकोमा ९ सय २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button