कैलालीको लम्कीचुहाका एक कोरोना संक्रमित वडा सदस्यको मृत्यु

धनगढी: कैलालीको लम्कीचुहा नगरपालिकाका एक कोरोना संक्रमित वडा सदस्यको मृत्यु भएको छ। 

नगरपालिकाको वडा नम्बर ६ का ३४ वर्षीय वडा सदस्य जमान सिंह देउवाको गएराति शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको हो। 

पारिवारिक स्रोतका अनुसार लम्कीचुहाको भल्कामा रहेको राधास्वामीमा निर्माण गरिएको आइसोलेशनमा अक्सिजनको अभाव भएपछि उनलाई बिहीबार नेपालगन्ज रिफर गरिएको थियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button