अछाममा थप ६४ जनामा काेराेनाको संक्रमण पुष्टि

अछाम : अछाममा आईतबार थप ६४ जनामा काेराेना भाईरसकाे संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कमलबजार पीसीआर प्रयाेगशाला र एन्टिजेन परिक्षणबाट ६४ जनामा काेराेना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका काेराेना सम्पर्क व्यक्ति मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रकाे प्रयाेगशालामा गरिएको परिक्षणमा ३३ जना पुरुष र ११ जना महिला गरि ४४ जनामा काेराेना भाईरसकाे संक्रमण देखिएकाे हाे ।

९६ जनाकाे परिक्षण गर्दा साँफेबगर नगरपालिकाका १७ पुरुष र ७ महिला गरि २४ जना, बान्नीगढी जयगढ गाउँपालिकाका १४ पुरुष र ४ महिला गरि १८ जना तथा कमलबजार नगरपलिकाका २ जना पुरुषमा काेराेना संक्रमण देखिएकाे प्रयाेगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टले बताउनु भयाे ।

काेराेना संक्रमितहरु १८ बर्षदेखि ७४  बर्षसम्मका रहेका छन् । यस्तै बयालपाटा अस्पताल, ढकारी र रामाराेशनमा गरीएकाे एन्टिजेन परिक्षणमा २० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका काेराेना सम्पर्क व्यक्ति कुँवरले बताउनु भयाे ।

याे संगै अछाममा काेराेना संक्रमितकाे कुल संख्या २३ सय १ जना पुगेकाे छ । १६ सय ७० जना पहिलाे लहरमा संक्रमित भएका अछाममा दाेस्राे लहरमा बैशाख ५ गते यता ६ सय २९ जनामा काेराेना संक्रमण पुष्टि भैसकेको छ ।

हालसम्म सक्रिय संक्रमितकाे संख्या ६ सय १ जना पुगेकाे जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलाे लहरमा ५ र दाेस्राे लहरमा ६ जना गरि हालसम्म ११ जनाकाे ज्यान समेत गैसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button