
बाजुरा: बाजुरामा थप २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
मृत्यु हुनेमा बडीमालिका नगरपालिका–२ का ५९ वर्षीय वृद्ध र बडीमालिका नगरपालिका–९ की ४० वर्षीया महिला रहेका छन्।
५९ वर्षका वृद्ध दमका बिरामी रहेको र उनी थप उपचारका लागि जिल्ला अस्पताल बाजुरामा आएका थिए।
एन्टिजेन विधिबाट गरिएको परिक्षणमा उनीमा कोरोना पुस्टि भएको स्वास्थ्य कार्यालय बाजुराका कोभिड सम्पर्क व्यक्ति चुडामणी पन्तले बताए।
त्यसैगरी ४० वर्षकी महिलामा मृर्गौलाको समस्या भएको र उपचार गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ।