
अछाम : रामारोशन गाउँपालिका वडा नम्बर ६ भाटाकाटियामा ५० जनाको स्वाव सङ्कलन गरिएको छ ।
गाउँपालिका अध्यक्ष झन्कर बहादुर साउद भाष्करको पहलमा स्थानीय जनताहरुको पिसिआर परिक्षणका लागि वडाको टोल र स्वास्थ्य चौकिमा स्वाव संकलन गरिएको हो । उनिहरुको स्वाब सङ्कलन गरि जिल्लाको कमलबजार नगरपालिकामा स्थापना गरिएको प्रयोगशालामा जाँच गरिने छ ।

बिश्वभर महामारीको रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाईरसको सङ्क्रमण गाउँ – गाउँमा फैलिएकाले स्वास्थमा समस्या देखिएका स्थानिय जनताहरुको स्वाब सङ्कलन गरि सतर्कता अपनाउदै कोरोना नियन्त्रण गर्ने उदेश्यका साथ स्वाब सङ्कल गरुएको गाउँपालिका अध्यक्ष झन्कर बहादुर साउदले बताउनुभएको छ ।
रामारोशन टुडे अनलाइन संग कुराकानी गर्दै अध्यक्ष साउदले कोरोना रोकथाम र नियन्त्रणमा गाउँपालिकाले विभिन्न क्रियाकलापहरु गरिरहेको बताउनुभएको छ ।

जिल्लामा कोरोना संक्रमितको दर बढेसंगै पालिकामा नियन्त्रणका लागि उच्च सतर्कताका साथ काम गरिरहेको उल्लेख गर्दै थप आईश्लेसन बेड र बिरामी लाई अस्पताल सम्म पुगाउनका लागि पहल भईरहेको जानकारी दिनुभयो ।
पहिलो चरणमा पनि पालिकाले स्थानिय नागरिकहरु लाई मध्यनजर गर्दै थुप्रै क्रियाकलाप गरेको र अहिलेको परिस्थितीको सामना गर्न पालिकाले सक्रियता बढाउने बताउनुभयो ।

गाउँपालिकाले पछिल्लो समय स्वाब संकलनमा तिव्रता दिएको पनि जानकारी दिनुभयो ।
साथै उहाले स्वास्थ्यमा समस्या आएमा पालिकाको स्वास्थ शाखा र नजिकको स्वास्थ चौकीमा खबर गर्न समेत आग्रह गर्नुभयो