अछामकाे मेल्लेख गाउँपालिकाको बस सेवा सञ्चालनमा

गीता कुँवर, अछाम :

मेल्लेख गाउँपालिकाले आफ्नै पालिकामा बस सेवा संचालनमा ल्याएको छ ।

गाउँपालिकाले आजदेखि नियमित बस सेवा सञ्चालनमा ल्याएको हो । अछामका दश स्थानीय तह मध्ये मेल्लेख गाउँपालिकाले आफ्ना नागरिकको सहजताका लागी बस सेवा सञ्चालनमा ल्याएको उपाध्यक्ष धनबहादुर शाहीले बताए ।

बस दैनिक मेल्लेखबाट साँफेबगर,बयलपाटा,जयगढ र मंगलसेनसम्म सञ्चालन हुनेछ । बस सञ्चालनका लागी साँफेबगर नगरपालिका,बान्नीगढी जयगढ गाउँपालिका र मंगलसेन नगरपालिकाबाट रुट प्रमिटका प्राप्त भएको गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहीले बताए ।

गाउँपालिकाको ७७ लाखमा दुई बस खरिद गरेको हो । ई–टिकट, सिसिटीभि क्यामेरा, जिपीएस सहित अपाङ्गमैत्री बस मेल्लेखले सञ्चालनमा ल्याएको हो ।

जिपमा ३ सय देखि ५ सय रुपैयाँ तिर्नु पर्ने बाध्यताको अन्त्य भएको स्थानीय लालबहादुर चदाराले बताए ।

उनले भने, ‘निकै सहज भएको छ,जीपले मनपरी चर्को भाडा लिन्थे। भनेको बेला गाडी पाइँदैन थियो।पालिकाले कच्ची सडकमा प्रतिकिलोमिटर ९ रुपैयाँ ५ पैसा र पक्की सडकका ४ रुपैयाँ ५ पैसा निर्धारण गरेको छ ।’

एक बस ३० सिट क्षमताको रहेको छ । डेढ वर्ष पहिले अछामका स्थानीय तहरुमा पालिकासम्म बस पुर्याउने होडबाजी चलेपनि कसैले निरन्तरता दिन भने सकेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker