अछाममा साेमबार ७९ जनामा काेराेना संक्रमण, कालबजार नगरपालिकाका मात्रै ४७ जना

टेकराज भण्डारी बैशाख २७, अछाम अछाम जिल्लामा सोमबार थप ७९ जनामा कोरोना भाईरसकाे संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कमलबजार प्रयोगशालामा गरिएको परिक्षण अनुसार १७ महिला र ५७ पुरुषमा कोरोना पुष्टि भएको छ भने ५ जनामा एन्टिजेन परिक्षणबाट काेराेना भाईरसकाे संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जाेशीले जानकारी दिनुभयाे ।

कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा रहेकाे पिसीआर प्रयाेगशालामा गरिएको परिक्षणमा सबैभन्दा बढी कमलबजार नगरपालिका अन्र्तगत ४० जना पुरुष र ७ जना महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै साँफेबगर नगरपालिका अन्र्तगत ८ पुरुष र ५ महिला गरी १३ जना र तुर्माखाँद गाँउपालिका अन्र्तगत ९ पुरुष र ५ महिला गरी १४ जनामा कोरोना संक्रमण देखिएको प्रयाेगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिनुभयाे ।

कमलबजार पिसीआर प्रयाेगशालामा पछिल्लो २४ घण्टामा ९६ जनाकाे स्वाब परिक्षण गरिएकाे थियाे । याे संगै अब अछाममा ६ सय ५८ जना सक्रिय संक्रमित पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button