कोरोना माहामारीमा नगरका जनताको सेवामा छुः मंगलसेन नगरप्रमुख बोहरा ।

कमल रावल बैशाख २७ अछाम

मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले कोरोना भाईरसको महामारीको समयमा आफु जनताको साथमा रहेको बताउनु भएको छ ।

जनतालाई त्रसित नहुन आग्रह गर्दै आफु अभिभावक भएकाले स्वास्थ्यका मापदण्ड पुर्ण रुपमा पालना गर्दै कोरोनाबाट बच्नका लागी वडा वडामा सचेतना जगाउदै टोलिका साथ हिडिरहेको बताउनु भयो ।

सचेतना जगाउन प्रचारप्रसारका सामाग्री, आवश्यक मास्क, सेनिटाईजारका सामाग्री वडा तहमा पुरयाउदै आएको बताउनु भयो ।

रेडियो रामारोशनसँग कुराकानी गर्दै नगर प्रमुख बोहराले नगरका जनप्रतिनिधी, स्वास्थ्यकर्मि, कर्मचारीको टिम एकमत भएर लागि परेकाले कसैलाई समस्या आए खबर गर्न आग्रह गर्नु भएको छ ।

नगरपालिकाले तत्काल आवश्यक पर्ने ५ सिलिण्डर अक्सीजन मगाएको र २५ वेडको आईशुलेसन समेत तयारी अबस्थामा राखेको बताउनु भयो ।

कोरोना भाईरस संक्रमित भएर होस वा लक्षण देखिएर समस्या परेका नागरिकलाई स्वास्थ्य संस्थामा यातायातका साधन मार्फत ल्याउन लागि कुनै समस्या भोग्न नपर्ने बताउनु भयो ।

नगरको एम्बुलेन्स २४ घण्टा तयार तथा अरु थप समस्या परे नगरप्रमुख र उपप्रमुखको गाडी समेत जनताको लागी नै प्रयोग गरिने प्रतिबद्धता जनाउनु भयो ।

जिल्ला अस्पतालको समस्याका लागि प्रदेश र केन्द्र सरकारले चासो दिनुपर्ने बताउदै अछामका सबै तहले दबाब दिनु पर्ने बेला आएको बताउनु भयो ।

आगामी दिनमा मंगलसेन नगरपालिकामा कोरोनाभाईरसको संक्रमण तथा जोखिम नियन्त्रणका लागी आजको मितिसम्म सम्झौता नभएका योजनाको रकम कोरोनाको क्षेत्रमा खर्च गर्ने समेत नगरपालिकाले निर्णय गरिसकेको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button