वडा अध्यक्ष भण्डारीले रिक्सालाई बनाए एम्बुलेन्स

कमल रावल बैशाख २७ अछाम : मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले आफ्नो वडा क्षेत्रमा चल्दै आएको रिक्सालाई तत्कालका लागी एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएका छन ।

ठुलासैन, मंगलसेन, तथा वडा नम्बर ६ सम्म चल्दै आएको भवानी भण्डारीको रिक्सालाई तत्काल गर्भवती महिला र गम्भीर बिरामीलाई समस्या आईपरेमा स्वास्थ्य संस्थामा लिनका लागी सशुल्क रुपमा एम्बुलेन्स बनाउने चालकसँग सहमती भएको बताउनु भयो ।

कोरोना भाईरसको संक्रमण तथा जोखिमको समयमा यातायातको समस्या परेका नागरिकलाई गाडी मालिका तथा चालक भवानी भण्डारी, वडा अध्यक्ष जनकराज भण्डारी र वडा सदस्य देबेन्द्र प्रसाद भण्डारीलाई सम्पर्क गर्न उहाँले आग्रह गर्नु भएको छ ।

कोरोनाभाईरसको संक्रमण तथा जोखिम यतिबेला वडातहसम्म समेत पुगेकाले सबैलाई सुरक्षित रहन आग्रह गर्नु भयो ।

निशेधाज्ञा पालना गर्दै नियमीत साबुन पानीले हातधुने, मास्क प्रयोग गर्ने, भौतिक दुरि कायम गर्ने जस्ता कार्य गर्न उहाँले आग्रह गर्नु भयो ।

कोरनोबाट बच्न एक टोलबाट अर्को टोलमा नजान समेत आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button