अछाममा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

अछाम– अछाममा मंगलबार थप ७७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा  जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा ९६ जनाको नमुना परीक्षण गरीएकामा ७७ जनामा र एन्टीजेन विधिबाट गरीएको परीक्षणमा ५ जनामा संक्रमण देखिएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

कमलबजार पिसिआर प्रयोगशाला मार्फत ९६ जनाको स्वाब संकलन गरि भएको परीक्षणमा ४६ जना पुरुष र ३१ जना महिला गरि ७७ जनामा कोरोना भाईरसको संक्रमण देखिएको हो ।

गरपालीकाका वडा नम्बर १, २, ५, ७, ८, ९ र १० का ४६ जना पुरुष र ३१ जना महिला गरि ७७  जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टले बताउनुभयो ।

आज थपिएका कोरोना संक्रमितहरु १ बर्षदेखि ७४ बर्षसम्मका रहेका छन् । यस्तै वयलपाटा, चौरपाटी, र पञ्चदेवलमा गरीएको एन्टिजेन परिक्षणमा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कोरोना सम्पर्क व्यक्ति मिन बहादुर कुवँरले बताउनुभयो ।

अहिले सम्म कमलबजार पिसीआर प्रयोगसालामा ५ हजार ३ सय ८५ जनाको कोरोना परिक्षण गर्दा १ हजार ९७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

अछाममा पहिलो लहरमा ५ र दोस्रो लहरमा ६ जना गरी हालसम्म ११ जनाको ज्यान समेत गैसकेको छ ।अछा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker