जातिगत संरचना र दलित आत्मरक्षाको सवाल

सुर्जन नेपाली : म त उहिले देखिको शिल्पिको छोरा लठुवा बाहुन र मुर्ख क्षेत्री ले मेरो पू्र्खा लाई दासतुल्य बनाइ जातित्व हरण गरिदिएको हो ।

समाजमा आफ्नो हैकम जमाइ राख्न सोझा तथा गवार जनता माथी आफ्नो राजकाज कायम राख्न को लागि नेपाली समाजलाई फुटाइ सासन गर्नका लागि ४ जात छत्तीस बर्णमा बिभाजन गराइएको हो ।

बाइसे चौबिसे राज्य रहेको नेपाललाई क्षेत्री भनिने ठकुरी खलकको जिम्मा लगाइयो । बाहुनले आफुलाइ राजा भन्दापनी माथी राखेर आफ्नो स्थान सधै उपल्लो दर्जा मा राखे ।कर्मकाण्ड ज्ञान गुन का दस्तावेज आफ्नै नियन्त्रण मा राखे सस्कृत भाषा को ज्ञान अरुलाइ दियनन । जहिले पनि आफुलाइ जान्ने र मान्ने को रूपमा समाजको ब्रह्मलुट गर्दै आए ।

गाउको मुखिया तिनै पुजारी तिनै नेता तिनै कर्मचारी तिनै सरकार अनि सत्तामा तिनै हाकिम तिनै पिउन तिनै ।नेपाल को सबै निकाय तिनकै कब्जामा रहदै आयो अहिले पनि रहेकैछ । राजा एक थरी थिए तीन्को बंश नाश भयो यिनिहरु त अनेकथरी छन तर देश एकता बद्द छन । झापाको बाहुन र कंचनपुर को बाहुन भेट्ने बित्तिकै एक भैहाल्छ्न । क्षेत्री दलित जनजाती झन एकता बाट अनेकताको बाटो रोज्दछ्न ।

बाहुनले नेपालका क्षेत्री हरुलाइ उहिले देखि उपयोग मात्र गरेका थिए। अहिले पनि त्यसैको निरन्तरता छ । क्षेत्री हरु आफ्नो पकेट एरिया मा मात्र चुरिफुरी गर्ने हुन संघ प्रदेश अनि प्रशासन मा बाहुन्को एक्छ्त्र राज छ । त्यहाँ चु समेत बोल्न सक्दैनन् ।

मल्ल कालमा भएको बर्ण बिभाजन को सबै भन्दा बढी फाइदा यी बाहुन हरुलाइ नै भयो । यिनिहरुले नै राजा जयस्थिति मल्ल लाई बर्ण बिभाजन गर्न लगाएका हुन। एकता मा बाधिएका नेपालीहरु लाई जातिगत बिभाजन गरि ठुलो सानू उचनिच छुत अछुत को दल्दल्मा धकेली दिए । राजाको संरचना खत्तम भैसक्यो यिनिहरुको संरचना खत्तम पार्न कुनै पनि शक्तिले नसक्ने भैसकेको छ ।

म त्यही बाहुन र क्षेत्री बाट जात खसाली दमाहा बजाउन लगाइ दमाई बनाइएको मान्छे हो । ढोलक बजाउन लगाइ ढोलि भनिएको मान्छे हो । लोहाको काम गर्न लगाइ लुहार अथवा काम गरिखाने कामी भनिएको मान्छे हो । छालाको काम गर्ने श्याकी च्लाउने भनेर श्याकी बाट सार्की भनिएको मान्छे हो । मादल बजाउन वा बाधवादन को काम लगाइ बादि बनाइएको मान्छे हो । यी सबै दक्षताको उपमा व उपाधी हुन । जस्तो दातको विशेषज्ञ लाई डेन्टिस भने झै यी दलितलाई दिएका समुह्गत कलाकरिताका दर्जा हरुलाइ जात भनेर परिभाषित गर्ने हिन्दु अतिवादी बाहुन बा होइनन भन्ने हरुले हजारौं बर्ष सम्म द्लितको आत्म सम्मान र सामाजिक हैसियतको बल्जप्ती बलात्कार गर्दै आए र गरि पनि रहे ।

मलाई मेरो गोत्र चाहिन्छ मलाइ मेरो बंश चाहिन्छ ।हजारौं बर्ष देखी गुमाइएको मेरो सामाजिक मर्यादा चाहिन्छ ।जति सहे मेरो पुस्ताहरु जति गरे तिम्रो सेवा सत्कार जति गरे तिमी र तिम्रो पुर्खालाइ जधौ जयहोस जस्ता सम्बोधन । जति भने तिमिलाइ मालिक सरकार प्रभु हजुर बाहुन गोसाइ क्षेत्री गोसाइँ बौराजु रौतेला रौतेली बाउ साहेब मइया ठकुरानी राजा अनि आफ्नो बन्शावली बिर्सेर तिम्रै बन्सावलि जति भने ।

दमाईकाे मेशिन बाहुनको घरमा पुग्यो, कामिको आरन कारखानामा पुग्यो, सार्किको छालाजुत्ता जुत्ता कारखानामा पुग्यो, बादी को बाद्य्बादन मादल सङ्गितालयमा, सुनार सुन बनाउने पेशा आन्सिक रूपमा छ त्यो पनि तराईमा अर्कै जातिले, उपत्यकामा नेवार जाति हरुले कब्जा गरि सके । हिजो मेशिन देख्दा दमाई सम्झिने लाई आज बाहुनि मेसिनमा देख्दा किन दमेनी देखिदैन । पेशा ब्यव्साय चोर्न तिमिलाइ अलिकति पनि संकोच लागेन जसको उपयोगले तिमी रातारात मालामाल हुदैछौ। जसको परंरागत पेशा थियो त्यो आज भिक मङ्गा अवश्थामा छ । त्यो बर्गलाइ देख्दा अझै पनि तिमी सन्कोच पाल्छौ विभेद गर्छौ ?

दलितको पेशा लुट्यौ समाजिक मर्यादा लुट्यौ दलितको पेशा र कला लुटेर कलाकार कहलियौ ।सम्पत्तिको स्वामित्व नदिएर भुमिहिन सुकुम्बासी वनायौ । शिक्षा को उज्यालो खोसेर अशिक्षित गवार बनायौ । पानी नचल्ने वनाइ जाती बनाइ पानी प्रयोग जन्य पेशा ब्यवसाय सन्चालन गर्न बाट बन्चित गराएऔ । तिम्रो बाउले बनाएको पानी होर ? जसलाई विभेद गर्ने मुख्य स्रोत बनायौ जो हजारौं बर्ष देखी तिम्रो पशुतुल्य मानशिकतामा दर्ज भएर बसेकोछ । कतिलाई ब्लत्कार गर्याै, ज्यान समेत लियौ कतिलाइ कथित जातिय विभेद गरि उठिबास लगायौ, हत्यागर्याै, हिन्सा गर्याै, दलित समुदाय को सर्बश्व लुटेर सर्बस्व हरणगर्याै,जस्को लाखौं पटक निन्दा गर्दा पनि आत्माले शान्ति पाउदैन । एक पटक दलित बनेर त हेर कति पीडा अनि अपमान को अनुभुती हुदो रहेछ थाहा हुन्छ।

खबरदार अब को मेरो पुस्ता तेजस्वी वनेर आउदै र आइसक्यो ।तिम्रो पुर्खाले गरेको अपराधको सामना तिमिले गर्न तयार हुनु पर्ने छ । नेपाल भर रहेका दलित समुदायहरु मेरा बर्ग हुन झपाको दलित लाई पिडा पर्दा कंचनपुर को दलित लाई पिडाबोध हुन्छ हेक्का रहोस् । अबको दिनमा दलित आत्मरक्षा अभियानका लागि सबै जुट्ने बेला आइसक्यो अहिले नगरे कहिले गर्ने मैले नगरे कस्ले गर्ने तिमिले नगरे तिम्रो लेनि गर्दैन तसर्थ विभिन्न राजनिती दलमा आबद्ध दलित बुद्धिजिबि नागरिक हरुले पार्टी भित्र जातिएताको मुद्दा उठाउनु पर्छ । अन्त त सबै नितिको माउ नीति राजनीति हो निति नियम र कानुन वनेर मात्र दलित का सवाल सम्बोधन हुन सक्दैनन् । तिनिहरुको ब्यवहारिक प्रयोग तथा उपयोग नहुदा सम्म केही प्रतिफल हासिल गर्न सकिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button